गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त, सपथ भोलि
पाेखरा | बैशाख १४, २०८०
पोखरा: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
गोरखा क्षेत्र नम्बर २ (२) प्रदेश सभा सदस्य चुनिएका पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका दिपक मनाङ्गेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
हालै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्र पाण्डेले पद गोपनियताको सपथ भोलि (शुक्रबार) लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ सहित ३५ सांसदको हस्ताक्षरसहित पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दावी गरिएको थियो ।
गत पुस २५ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीले वैशाख ९ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले विश्वासको मत गुमाएका थिए ।
त्यसपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । गण्डकीमा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका ७ (सभामुख) बाहेक, राप्रपाका २ र स्वतन्त्र हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद रहेका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

